त्रिशुली बस दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो, २९ घाइते

धादिङ, जेठ ५
झापाको काँकड्भिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । बस विहान ६ बजे दुर्घटनामा परेको थियो ।
ना ७ ख ४३८७ नं को बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुघैटनामा परेको थियो । मृतक मध्ये ४ जनाको घटनास्थलमा नै र एकको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्‍यु भएको हो ।
घटनामा परि २९ जना घाइते भएका छन् । जसमध्ये १४ जनालाई सामान्य उपचारपछि काठमाडौं पठाइएको छ ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*