अब ६५ वर्षमै बृद्ध भत्ता !

काठमाडौं माघ १० गते । सरकारले ६५ वर्ष उमेर पुगेकालाई बृद्ध भत्ता दिने निर्णय गरेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७० वर्षपछि दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई ५ वर्ष कम गराएको हो ।
यस्तै बैठकले भुकम्प पीडित र बाढी पीडितलाई दिईने राहतमा एक लाख रुपैयाँ थप गर्ने निर्णय गरेको सिंचाई मन्त्री सञ्जय गौतमले जानकारी दिनुभयो । यसअघि भूकम्प पीडितलाई अनुदान स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय भएको थियो ।
सरकारले भूकम्प पीडितले पाउने किस्ता रकमको समयावधि थप्ने निर्णय गरेको सरकारका प्रवत्ता एवम सूचना तथा सञ्चार मन्त्रि मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले नेपाली सेनाको महासेनानीमा ४ जनालाई बढुवा गर्ने निर्णय समेत गरेको छ । सरकारले दलित तथा विपन्न समूहका व्यक्तिले निजी व्यवसाय वा कम्पनी दर्तामा सहुलियत दिने भएको छ । एक करोड पूँजीसम्मको ब्यवसाय गर्न चाहनेलाई निस्शुल्क तथा सो भन्दा बढी पूँजीको ब्यवसाय वा कम्पनी दर्तामा ५० प्रतिशत मात्र शुल्क लिने निर्णय भएको प्रवत्ता बस्नेतले बताउनु भयो । मन्त्रिषरिषद् बैठक भोलि साझँ ५ बजे पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*