प्रदेशसभाका समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान (फोटोफिचर)

काठमाडौं, माघ ५

प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र पाएपछि सामूहिक तस्बिर खिचाउँदै प्रदेश सभा सदस्यहरू। तस्बिर साभार: नारायण महर्जन/ सेतोपाटी

निर्वाचन आयोगले प्रदेशका समानुपातिक सांसदलाई शुक्रबार प्रमाणपत्र वितरण गरेको छ।

मंसिर १० र २१ गते भएको प्रदेशसभा निर्वाचनका निर्वाचित समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र वितरण गरेको हो।

२२० जना प्रदेशका समानुपातिक सांसदले प्रमाणपत्र पाएका छन्।

संविधानअनुसार, निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्छ। प्रदेश प्रमुखले निर्वाचन परिणाम आयोगबाट पाएपछि सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*