दिगो विकास लक्ष्यहरु (एसडिजी) कसरी हासिल गर्ने ?

महमुद मोहिल्दिन
मेडेलिन, भदौ २१ गते । सेप्टेम्बर २०१५ मा १९३ देशका अग्रणी नेताहरुले मानव विकासको प्रवर्धनका लागि इतिहासकै सबैभन्दा महत्वकांक्षी योजना अघिसारे, त्यो थियो सन् २०३० सम्म दिगो विकास लक्ष्यहरु हासिल गर्नु । आज प्रक्रिया सुरु भएको दुई बर्षमा यस चासोका कारणहरु निकै नै देखा परेका छन् । अहिलेसम्म जुटाइएको कोष पर्याप्त छैन भने सबै देशसँग प्रगति मापन गर्न यथेष्ट तथ्याङ्क पनि छैन । यी कुराले अति आशावादीहरुलाई पनि एक पटक सोच्न वाध्य बनाउँछन् ।

तर अझै आशा जिवितै राख्ने ठाउँ पनि मनग्गे छन् । म हालसालै कोलम्विया भ्रमणमा गएँ । यो मुलुक अहिले आएर ‘रिभोल्युसनरी आमर््ड फोर्सेज अफ कोलम्विया’ (कोलम्वियाको सशस्त्र आन्दोलनकारी शक्ति) सँगको आफ्नो दशकौं पुरानो आन्तरिक कलह पछाडि छाडेर आफूलाई दिगो विकास लक्ष्यहरुको सफलताका लागि तयार पार्दैछ ।

कुनै पनि देशमा दिगो विकास लक्ष्यहरु हासिल गर्न सरकार, ब्यवसायी, सहयोगी निकायहरु, बहुपक्षीय बैंकहरु तथा नागरिक समाजले मिलेर कामगर्नु, लचकदार तरिका अवलम्बन गर्नु, ज्ञान बाँड्नु, तथा प्रगतिको प्रभावकारी मापन गर्नुपर्छ र के पनि बुझ्नुपर्छ भने यी विभिन्न लक्ष्यहरु अन्योन्याश्रित छन् । कोलम्वियाले यो कुरो बुझे जस्तो छ र एउटा एकीकृत उपाय पहिल्याइ रहेको छ, जसले हरेक पक्षको शक्तिलाई अभिवृद्धि गर्ने काम पनि गरेको छ ।

सरकारबाटै सुरुगरौँ । कोलम्वियाका अर्थमन्त्री मौरिसियो कार्डेनास सान्तामारियाका अनुसार कोलम्वियाले ‘रिभोल्युसनरी आमर््ड फोर्सेज अफ कोलम्विया’ सँगको शान्ति सम्झौता कार्यान्वयन, राष्ट्रिय विकास योजना तथा पेरिस जलवायु सम्झौता आदि बिषयमा दिगो विकास लक्ष्यहरुको निर्देशिका अवलम्बनगर्दै सुधारका कदम चालेर योजना बिभागमार्फत दिगो विकास लक्ष्यहरुलाई स्थानीयकरण गर्न थालेको छ ।

कार्डिनास के पनि इङ्गित गर्छन् भने कोलम्वियाका नीति निर्माताहरु स्वास्थ्य सेवा, शिक्षा र रोजगारी जस्ता क्षेत्रमा भएका उपलब्धिहरुलाई सर्वसाधारणसामु प्रष्ट पार्न सक्दो प्रयासरत छन् । उनीहरुले माथिबाट तलको पद्धतिले काम गर्दैन, दिगो विकास लक्ष्य हासिल गर्न सरकार, अर्थतन्त्र तथा समाजका सबै तहले यी लक्ष्यहरुरु प्राप्त हुदा आफूमा पर्ने मूर्त असरका बारेमा बुझ्दै यिनीसँग आफ्नो निकटतम सम्बन्ध रहेको ठान्नु जरुरी रहेको उनको बुझाई छ ।

व्यवसायलाई गति दिन मोनिका दे ग्रेफको नेतृत्वको ‘बोगोटा चेम्बर अफ कमर्स’ले आफ्ना छ लाख ४० हजार सदस्यमाझ दिगो विकास लक्ष्यहरुका बारेमा सचेतना जगाउँदै निर्माण तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रमा दक्षतासम्बन्धी तालिम दिने गरेको छ । यसको उद्देश्य सम्पूर्ण अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक बनाउँदै दिगो विकासका लक्ष्यहरु हासिल गर्नु नै हो ।

बोगोटामा आधारित रहेको ब्यवसायको पक्षधर तथा विचार मन्च ‘एएनडिआइ’ का ब्रुस म्यक्मास्टरका अनुसार शान्ति प्रक्रियाबाट ब्यवसायले राम्रो फाइदा लिन सक्नेहुँदा यो क्षेत्र प्रोत्साहित भएको छ, विशेष गरी परम्परागत रुपमा नै सरकारी सेवाबाट टाढिएका टाढाका ग्रामीण क्षेत्रमा । वास्तवमै, कुनै बेला संसारमा लागू औषधको अवैध राजधानी मानिएको मेडेलिनमा मैले जति पनि साना तथा ठूला उद्योगका अगुवाहरुलाई भेटेँ, उनीहरु आफ्ना व्यापारिक योजना तथा आपुर्ती व्यवस्थालाई दिगो विकास लक्ष्यसँग समायोजन गर्दै लान थालिसकेका छन् ।

खनिजदेखि पेय पदार्थसम्मका विविध उद्योगहरुमाझ जल सम्पदा स्वच्छ तथा प्रचुर राख्नाले उनीहरुलाई पुग्ने फाइदाबारे जागरुकता फैलाउँदै यो प्रयासलाई सहयोग पुर्याउन ‘एएनडिआइ’ लागिपरेको छ । यसको फलस्वरुप जलाधार क्षेत्रको अझ सुदिढ संरक्षण हुनेछ जुन जल तथा सरसफाइसम्बन्धी लक्ष्य ६ हासिल गर्न महत्वपूर्ण हुनेछ ।

यथार्थमा, एउटा साँच्चैको तलदेखि माथि प्रकृयामा स्थानीय समुदाय तथा नागरिक समाज विच प्रगाढ अनुबन्ध हुन जरुरी छ । कोलम्वियाका युवाहरु वास्तवमै दिगो विकास लक्ष्यहरुको प्रवर्धन तथा कार्यन्वयनमा एकजुट भई लागिसकेका छन् । मेरो भ्रमणको बेला मेडेलिनका अग्रणी युवाहरुले कमुना १३ जस्तो निम्न आर्थिकस्तरको आफ्नो समुदायमा भएको प्रगति सगर्व देखाए ।

सन् १९९० ताका जतिबेला मेडेलिन संसारकै सबैभन्दा धेरै हत्याहुने सहरमा दरिन्थ्यो, त्यसबेला कमुना १३ सहरको अति असुरक्षित क्षेत्र मध्येको एक थियो । आज सार्वजनिक सवारी (केवल कार देखि नयाँँ मेट्रो स्टेसनसम्म), शिक्षा (लाइब्रेरी, विद्यालय), तथा सुरक्षा जस्ता क्षेत्रमा भएका रणनीतिक लगानीहरुले यो सहर व्यस्त एवम जिवन्त भएको छ । कोही पनि पछाडि नछुटुन् भन्न कालागि यस्तै रणनीतिक लगानीहरुको देशभरि नै आवश्यकता छ । महिला तथा वालिकाहरुको सशक्तिकरण अर्को महत्वपूर्ण उद्देश्य हो ।

यस्ता स्थानीय तहका प्रगतिहरुलाई सहजिकरण गर्न नगर तथा क्षेत्रीय सरकारहरुको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्छ । सबै दिगो विकास लक्ष्यहरु स्थानीय तथा क्षेत्रीय सरकारका जिम्मेवारीसँग सम्बन्धित हुन्छन्, मूलतः उनीहरु आधारभूत सेवा प्रदायक हुनाले । तर यो स्थानीयकरण प्रकियाको मुख्य कारक भनेको दिगो विकास लक्ष ११ हो जसले सहरहरुलाई समावेशी, सुरक्षित, लचकदार र दिगोपनातर्फ निर्देशित गर्छ ।

यो प्रकृयालाई अझ प्रभावकारी बनाउन र सरकारका सबै तहमा समन्वयात्मक सहयोग पु¥याउन विश्व बैंक, संयुक्त राष्ट्रसंघ एवम् अन्य अन्तर्राष्ट्रिय विकास साझेदारहरुको कोलम्वियालाई सहयोग छ तर पूर्ण सफलताका लागि खर्च कटौती, आय वृद्दि, जिम्मेवार अनुदान संकलन र विश्वसनीय ऋणी हुनका लागि स्थानीय सरकारहरुले यथाशीघ्र आफ्नो क्षमता अभिवृद्दि गर्न जरुरी छ ।

कोलम्वियामा नगर विकास बैंक ’फिन्डेटर’ यस्तो ज्ञान प्रवर्दन गर्न लागिपरेको छ किनभने यसले स्थानीय सरकारको सार्वजनिक वित्त तथा तिनीहरुको व्यवस्थापन र योजना तर्जुमा क्षमता सुदृढ बनाउँछ । यसले स्थानीय सरकारलाई प्रभावकारी रुपमा पूर्वाधारमा लगानी गर्न र सेवा प्रदान गर्न सक्षम बनाउनेछ जसले गर्दा स्थानीय विकास उद्देश्यहरु अघि बढाउन सजिलो हुनेछ । ’फिन्डेटर’ जस्ता संस्थाहरुलाई स्थापित गर्नाले दिगो विकास लक्ष्य कार्यान्वयन प्रक्रियालाई स्थानीयकरण गर्न अहम् भूमिका खेलेको छ ।

क्षमता निर्माणका साथसाथै स्थानीय सरकारहरुले नयाँ उपायहरु अवलम्बन गर्नुपर्ने पनि हुन्छ । कोलम्बियामा मेडेलिनको सहरी अपराध र हिंसा घटाउन, गतिशीलतामा सुधार ल्याउन तथा सामाजिक बहिष्करणमा कमी ल्याउन प्रवर्धनात्मक कार्यको ठूलो भूमिका रहेको छ । यसकै उदाहरण हो बुकारमङ्गा सहरले निजी लगानी भित्र्याउन पाएको सफलता तथा प्रतिस्पर्धात्मक बन्न निजी—सार्वजनिक साझेदारी अपनाउन सकेको कुरा ।

यस्ता नयाँ उपायहरु अवलम्बन गर्न तथा आउन सक्ने सम्भावित ब्यवधान र चुनौतिहरु सामना गर्न होसियारीपूर्वक तर्जुमा गरिएका योजनाका साथै सुदृढ राष्ट्रिय ढाँचा तथा प्रभावकारी अनुगमनको आवश्यकता पर्छ । उदाहरणका लागि कोलम्वियामा लागू औषध ओसारप्रसार तथा आर्थिक मन्दीले गर्दा सिमाना नाघेर कोलम्विया प्रवेश गरेका हजारौं अति विपन्न भेनेजुएलीहरुको कारण समस्या उत्पन्न हुन सक्छ ।

दिगो विकास लक्ष्यहरु प्राप्त गर्न कोलम्बियाले अझै लामो यात्रा तय गर्नुपर्ने छ । तर यसले अवलम्बन गरेको स्थानीयकरण र एकीकृत उपायले यसलाई सही मार्गमा अग्रसर गराएको छ । अरु देशहरुले पनि यस मार्गलाई पछ्याएमा राम्रै हुनेछ ।

(महमुद मोहिल्दिन विश्व बैंक समूहको “२०३० विकास अजेण्डा, संयुक्त राष्ट्रसंघ सम्बन्ध तथा साझेदारी”का वरिष्ठ उपाध्यक्ष एवम् इजिप्टका पूर्व लगानीमन्त्री हुन् ।) रासस/प्रोजेक्ट सिन्डिकेट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*