रिग्जीङ्ग मल्टिप्रपोज ईन्टरप्राइजेस ताप्लेजुङ

परिचय

नेपालमा सामाजिक विकासको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएका संघ सस्थाहरुको संख्या दिनानुदिन बढदो अवस्थामा छ । गरिवी, अशिक्षा, पछौंटेपन लगायतका समाजमा देखिएका सामाजिक समस्याहरुको निराकरणको लागि ती संस्थाहरुकोले धेरै हदसम्म काम गरी रहेका छन् । खासगरी ग्रामिण क्षेत्रमा  स्थापना गरिएका यस्ता संस्थाहरुहरु, आ आफ्नै गाउँ, टोल र समुदायको विकास गर्न धेरै हदसमम प्रतिवद्ध देखिएका छन् । तथापि पनि तालिम अनुभव र परामर्श विना उद्देश्य अनुसारको विकास हुन सकेको छैन । त्यसैले ग्रामिण क्षेत्रमा काम गरिरहेका यस्ता सामाजिक संघ संस्थाहरु र समूहहरुको क्षमता विकास गर्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक भईसकेको छ । स्थानीय निकाय, विभिन्न संघ संस्थाहरुसँगको साझेदारीमा सामाजिक तथा प्राविधिक परामर्श सहयोग गर्ने लक्ष्य रहेको छ । सामाजिक विकास कार्यमा संलग्न व्यक्तीहरुको समुदायको विकास कार्य गर्ने तथा सामाजिक विकासको लागि प्रतिवद्ध संघ संस्थाको क्षमता विकास गर्ने उद्देश्यले नेपाल सरकार उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग विकास समितिमा यो “रिग्जीङ्ग मल्टिप्रपोज इन्टरप्राइजेस  ‘Rigdzing Multipurposes Enterprises’ नामको परामर्श सेवा प्रदान गर्ने संस्थाको स्थापना गरिएको हो ।

१. संस्थाको संक्षिप्त विवरण

संस्थाको नाम :– रिग्जीङ्ग मल्टिप्रपोज ईन्टरप्राइजेस :-‘Rigdzing Multipurpose Enterprises’

ताप्लेजुङ ठेगाना : – ताप्लेजुङ नगरपालिका ५ फुङलिङ ५ ताप्लेजुङ्ग,

सम्पर्क फोन नं. :– ०२४–४६०९०९/९८४९९९९६१५

संस्थाको वैधानिकता :- घरेलु तथा साना उद्योग विकास कार्यालय ताप्लेजुङ

दर्ता नं. १०६०/०७३/०७४

फुङलिङ नगरपालिका ५,  ताप्लेजुङ

दर्ता नं ३६।६३८

स्थायी लेखा नम्बर ६०५२६१३४१

२. लक्ष्य उद्देश्य ध्येय, परिकल्पना र कार्यहरु

लक्ष्य (Goal)

परामर्श सेवा प्रदान गर्ने ।

ध्येय (Mission)

सामुदायिक विकासका सहजीकरण गर्ने ।

परिकल्पना (Vision)

समतामुलक विकास तथा स्वावलम्बी समाजको निर्माण ।

३. उद्देश्यहरुः

क) सामुदायिक विकासका लागि सामाजिक तथा प्राविधिक परामर्श सेवा सञ्चालन गर्ने ।

ख) सामाजिक विकासको लागि स्रोत केन्द्रको रुपमा विकास गरी विभिन्न प्रकारका जीविकोपार्जन सम्बन्धी तालिमहरु सञ्चालन गर्ने ।ग) सरकारी, गैरसरकारी तथा दातृ निकायसँगको सहकार्यमा विस्तृत सामाजिक, आर्थिक, जनसाङख्यीक तथा प्राविधिक परियोजना प्रतिवेदन तयार गर्ने ।

घ) परियोजना प्रस्तावना, पाश्र्व चित्र (documentary) र दस्तावेजीकरण, (सफलताका कथा, ब्रुसियर, पुस्तक, बुकलेट) तयार गर्ने ।

ङ) विभिन्न निकाय, सञ्चार संस्थाहरुसँगको सहकार्यमा विज्ञापन, कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण गर्ने ।

४. कार्यहरु यस इन्टरप्राइजेसको उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ ।

क) अन्य संघ सस्थाहरुलाई परियोजना तयार गर्न, मूल्याङकन गर्न, कार्यान्वयन गर्न, क्षमता अभिवृद्धिका तालिम, गोष्ठी, सेमिनार र भेला गर्न परामर्श सेवा प्रदान गर्ने ।

ख) गरिवी न्यूनिकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी दातृसंस्थाहरुसंग समन्वय गरी प्याकेजका कार्यक्रम संचालन गर्न परामर्श प्रदान गर्ने ।

ग) जोखिममा परेका वर्ग तथा समुदायहरुको अध्ययन, अनुसन्धान गरी दस्तावेज तयार गर्ने ।

घ) ग्रामिण क्षेत्रमा संचालित समूह संस्था, सहकारी क्लबहरुको विधान निर्माण गर्न तथा दर्ता गर्न कार्यमा परामर्श दिने ।

छिरिङ डोमा सेर्पा    

प्रवन्ध निर्देशक 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*