१२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० संक्रमणमुक्त

काठमाडौं, फागुन १० गते । पछिल्लो २४ घण्टामा मुलुकभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख ७३ हजार पाँच सय ५६ जना पुगेको छ ।

 

जसमध्ये सक्रिय संक्रमित १५ सय २९ छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ६१ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लोपटक ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ९ सय ६६ जना संक्रमणमुक्त भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या ६६ छ । नेपालमा हालसम्म २१ लाख ४३ हजार तीन सय १५ जनाको पिसिआर परीक्षण गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*