विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्न सकारात्मक

काठमाडौं , फागुन ८ गते । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताको लागि सकारात्मक भएको जनाएको छ ।

 

शनिबार विप्लपद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत पार्टीले राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि सरकारसँग वार्ताको लागि सकारात्मक भएको उल्लेख गरिएको छ ।

पछिल्लो समय विप्लवलाई राष्ट्रिय राजनीतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सक्रियता देखाउनुभएको थियो । पूर्व माओवादी नेता एवं खानेपानी मन्त्री मणिचन्द्र गौतमले केही दिन अघि जेलमै पुगेर विप्लव समूहका नेतासँग भेट गर्नुभएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*