मालपोत र नापीमा मन्त्रीको अनुगमन : कर्मचारीले होइन, बिचौलियाले पल्टाएको भेटियो ‘ढडा’

विराटनगर, फागुन ७ गते । मालपोत कार्यालय र नापी कार्यालय मोरङमा सेवा प्रवाह प्रभावकारी नभएको र व्यापाक भ्रष्टचार बढेको जनगुनासो आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले छड्के अनुगमन गरेकी छिन् ।

 

शुक्रबार दिउँसो विराटनगरको मालपोत र नापी कार्यालयमा मन्त्री तुम्बाहाङफेले अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा कार्यालय अस्तव्यस्त रहनुका साथै मालपोत कार्यालय विराटनगरमा बिचौलियाहरूको बिगबिगी रहेको, बिचौलियाहरूनै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाइयो । कार्यालय भित्रको दोस्रो तलामा ‘मठ’ फाट रहेको छ । मठ फाटमा कर्मचारी होइन जहाँ बिचौलियाले ‘ढडा’ पल्टाएर धमाधम काम गर्दै आएको मन्त्री तुम्बाहाङ्फेली भेटिन् । ‘मठ फाटको सेवाग्राहीको लाइनमा बसेर ढडा पल्टाउँदै बसेका एक जनालाई मन्त्री तुम्बाङफेले सोधिन । तपाइ को हो ? ।

त्यसपछि ती बिचौलियाले जवाफ दिए, ‘म सेवाग्राही । पछि केरकार गर्दै गएपछि आफु लेखापढी व्यवसायी भएको जानकारी गराए ।’ मन्त्री तुम्बाहाङफे र मालपोत अधिकृत नरेन्द्र पौडेलले ती बिचौलियालाई सचेत गराएर छोडिदिए । ती बिचौलियाले पनि आफुबाट गल्ती भएको स्वीकार गरेका थिए । यो त भयो संयोगबस मन्त्रीले अनुगमन गर्दा भेटेको प्रतिनिधि मुलक घटना हो ।

 

मालपोतमा अनेक किसिमका अवैध काम हुने गरेका छन् । अत्यावश्यक सेवा दिने यो कार्यालय भ्रष्टाचारको ‘अडा’ बनेको छ । मालपोतमा सर्वसाधारण जनताको पँहुच छैन । बिचौलियाबिना काम गर्न सकिन्न । सेवाग्राही कार्यालयमा पस्दानपस्दै तिनको चंगुलमा पर्छन् । बिचौलियामार्फत घुस दिएर मात्रै सार्वसाधारणले सेवा पाउँने गरेको सर्वसाधरण बताउँछन् । तत्कालिन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले भदौ १ बाट देशभरका मालपोतमा बिचौलिया प्रवेश नदिने सर्कुलर गरेकी थिइन् । तर, त्यो सफल हुन सकेको छैन ।

 

माफिया र कर्मचारीको मिलोमतोमा सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, अर्काको जग्गा किर्ते गरी नक्कली जग्गाधनी खडा गर्ने, मनपरी कित्ताकाट गर्ने, मठ,मन्दिर, विद्यालय, वनजंगलको जग्गा व्यक्तिको नाममा सार्नेलगायतका अनियमितता भएका छन् । गुठी जग्गा रैकरमा परिणत गरी हिनामिना गरिएका थुप्रै घटना सार्वजनिक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा भ्रष्ट सरकारी कार्यालय हो मालपोत । मालपोत र नापीमा हुने काममा ६५.५ प्रतिशत भ्रष्टाचार हुने गरेको प्रतिवेदन अख्तियारले गरेको थियो ।

 

मालपोत र नापी कार्यालयका सबै शाखाहरूमा अनुगमन गरिसकेपछि कर्मचारीहरूलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले निर्देशन दिइन् । उनले सार्वजनिक सेवा प्रवाह नभएको बताउँदै ईमान्दारिता पूर्वक कार्य गर्न निर्देशन दिइन् । ‘जनतालाई दिइने सेवा प्रभाव चाँडो र चुस्त सेवा दिनुपर्नेछ,’ उनले भनिन्, ‘नीति नियम अनुसार काम गर्न निर्देशन दिएको छु । कुनै पनि लेखनदासलाई कार्यालय भित्र ढडा लिएको देखियो । यो गलत हो । यस्तो गलत क्रियाकलाप बन्द गर्न सम्बन्धित कार्यालयमा बन्द गर्न निर्देश दिएको छु ।’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*