प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदी रिहा हुँदै

काठमाडौं, फागुन ६ गते । प्रजातन्त्र दिवसको अवसरमा करिब ६ सय कैदी रिहा हुने भएका छन् ।

 

प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष कैद मिनाहा गर्दै आएको सरकारले यो वर्ष करिब ६ सय जनालाई रिहा गर्ने तयारी गरेको कागागार व्यवस्थापन विभागका प्रमुख द्रोण पोखरेलले जानकारी दिनुभयो । असल चाल–चलन भएका, वृद्धवृद्धालगायत ६ सय जना कैदीको कैद मिनाहा हुनुपर्ने भन्दै गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो ।

 

गृहमा पुगेको उक्त सिफारिस मन्त्रिपरिषद्बाट पास भएपछि राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ । यो बाहेक अन्य अपराधको हकमा ५० प्रतिशत कैद भुक्तान गरिसकेको अवस्थामा सरकारको सिफारिसमा कैद मिनाहा गर्न सक्ने प्रावधान छ । यसअघि सरकारले सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*