सपना रोका मगरले दिइन् विनयजंग बस्नेतविरूद्ध प्रहरीमा उजुरी

काठमाडौं, २ फागुन । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन् ।

आफूलाई ‘अभद्र व्यवहार’ गरेको भन्दै सपनाले उजुरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो ।  ‘अभद्र व्यवहार गरेको भन्दै  उजुरी दिनुभएकाे हाे’, सिंहले न्युज २४ लाई भन्नुभयो ।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेपनि सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले जानकारी दिनुभयो ।

बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए ।

सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए । सोही क्रममा केही महिनाअघि उनीहरुबीच तिक्तता आएको थियो । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*