ताप्लेजुङ समाज युकेद्धारा फुङलिङका आगलागि प्रभावितलाई राहत वितरण

ताप्लेजुङ सदरमुकाम फुङलिङका आगलागि प्रभावित परिवारलाई ताप्लेजुङ समाज युकेले राहत स्वरुप जिन्सि सामाग्री सहयोग गरेको छ ।

गएको वैशाखमा भएको आगलागिका कारण विस्थापित नै बनेका फुङलिङ स्थित पुरानो बैंकलाईनका आगलागि प्रभावित ३० परिवारलाई दराज र खाट राहत स्वरुप प्रदान गरिएको हो ।

 

आईतबार एक कार्यक्रमकाबीच प्रति परिवार एउटा दराज र एउटा खाट हस्तान्तरण गरिएको राहत वितरण कार्यक्रमको सहजिकरण गर्नुभएका खगेन्द्र नेपालीले जानकारी दिनुभयो ।

 

उक्त जिन्सि सामाग्री प्रदेश नम्बर एकका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन लगायतले संयुक्त रुपमा आगलागि प्रभावित परिवारलाई हस्तान्तरण गरेका थिए ।

 

ताप्लेजुङ समाज युकेले पछिल्लो पटक ताप्लेजुङमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ । जिल्ला अस्पताल ताप्लेजुङका लागि एउटा भवन निर्माण गरेको समाजले ताप्लेजुङको ग्रामिण क्षेत्रका विद्यालयको भवन निर्माणमा समेत सहयोग पु¥याउँदै आएको उक्त संस्थाका अध्यक्ष बुद्धिमान दर्नालले जानकारी दिनुभयो ।


One thought on “ताप्लेजुङ समाज युकेद्धारा फुङलिङका आगलागि प्रभावितलाई राहत वितरण

  1. porno says:

    Good replies in return of this question with firm arguments and describing everything about that. Louisette Burt Byrdie

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*