२३ तोला तस्करीको सुनसहित पक्राउ

२५ साउन । तस्करी गरि अवैध रुपमा भारतर्फ लैजाँदै गरेको २३ तोला सुनसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर १७ घर भएका श्यामल सेन गुप्तालाई प्रहरीले सिमा क्षेत्रबाट २ सय ६७ ग्राम (२३ तोला) सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका गुप्ता भरिया रहेको खुलेको छ । दूध पु¥याउन जान लागेको बहानामा भारतर्फ लैजाने क्रममा २ सय ६७ ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो । सीमासँग जोडिएको मोरङको विराटनगरस्थित दरैयाबस्ती हुँदै भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरी बलको बिओपी बखरी पोष्टले अवैध सुन बरामद गरेको हो ।

‘बिओपीको दैनिक गस्ती हुने गरेको र सोही क्रममा दशगजा छेउबाट तस्करी गरि सुन भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो । एसपी पौडेलका अनुसार दूध पु¥याउने बहनामा सुस्तकरी गर्ने गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बरामद गरेको सुन सहित गुप्तालाई विराटनगर भन्सार कार्यालयमा बुझाउने जनाएको छ । बरामद गरेको सुनको मुल्य २७ लाख ६७ हजार रुपैयाँ हुन आउने बुझिएको छ । प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ ५ हजार, साइकल र मोबाइल बरामद गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*