समाचार

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं, फागुन २० गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।   फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराई जानकारी दिए […]

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

काठमाडौँ — ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहानदेखि भीषण आगलागी भइरहेको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । अहिलेसम्म आधाजति बजार जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय गोपाल खवासका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए । आगलागी नियन्त्रणका […]

१२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० संक्रमणमुक्त

काठमाडौं, फागुन १० गते । पछिल्लो २४ घण्टामा मुलुकभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख ७३ हजार पाँच सय ५६ जना पुगेको छ ।   जसमध्ये सक्रिय संक्रमित १५ सय २९ छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको […]